आज माघ १६ अर्थात् शहीद दिवस : विभिन्न कार्यक्रमकाे आयाेजना गरी शहीदलाई सम्झिँदै
आज माघ १६ गते अर्थात् शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनर्स्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा बिहीबार विभिन्न कार्यक्रम गरिँदैछ ।
शहीद दिवसको अवसरमा बर्सेनि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डाैकाे टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
शहीद दिवसका अवसरमा अहिले बिहान रत्नपार्क शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भैरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम हुँदैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया