आज माघ १६ अर्थात् शहीद दिवस : विभिन्न कार्यक्रमकाे आयाेजना गरी शहीदलाई सम्झिँदै

विदुर खबर २०७६ माघ १६ गते ८:१३

आज माघ १६ गते अर्थात् शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनर्स्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा बिहीबार विभिन्न कार्यक्रम गरिँदैछ ।

Advertisement

शहीद दिवसको अवसरमा बर्सेनि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डाैकाे टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

शहीद दिवसका अवसरमा अहिले बिहान रत्नपार्क शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

यस्तै लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भैरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम हुँदैछ ।

प्रतिक्रिया