पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

विदुर खबर २०७६ माघ १५ गते २०:४१

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ।

Advertisement

अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो।  ‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताइन्।

‘हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौं, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भनिन्।नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो सङ्ख्यामा आम नागरिक तथा सवारी साधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले जानकारी दिए। ‘नाका अहिले बन्द अवस्थामा रहेको छ,’ शिन्वारीले भने।

Advertisement

अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन्। नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुका बीचमा कुराकानी भइरहेको जानकारी दिए। उनीहरुले नाका पुनः खुला गर्ने बारेमा पनि कुरा गरेको खोग्यानीको भनाइ छ।

प्रतिक्रिया