झापाबाट काठमाण्डाै आइरहेकाे माइक्राेबस दुर्घटना, एक जनाकाे मृत्यु
विदुर खबर
२०७६ माघ १२ गते ८:४४

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
झापाबाट काठमाण्डौ आउँदै गरेकाे बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया