आजको मौसम : उच्च हिमाली भेगका केही ठाउँमा हिउँ पर्ने सम्भावना

विदुर खबर २०७६ माघ १२ गते ८:३०

नुवाकोट । अहिले नुवाकोट ,काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ ।

Advertisement

यी ठाउँ बाहेकका क्षेत्रकाे मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा लागेको कुहिरो पनि दिउँसोपखबाट हटेर मौसम सफा हुने छ । आउँदाे तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहेको तर तराईमा बिहान कुहिरो लाग्ने हुँदा चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । काठमाण्डाैकाे आइतबार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो १४ देखी १६ डिग्री सेल्सियससम्म रहने महाशाखाले अनुमान गरेको छ ।

Advertisement

प्रतिक्रिया