जनजागृति सामुदायिक वन उपभोक्ता समुहको भवन शिलान्याश
नवराज चौलागाईं, बारा । श्री जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समुह निजगढ वडा नम्बर ५ को ९ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन प्रदेश सांसद त्रिलोकी चौधरी र निजगढका मेयर सुरेश कुमार खनालले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद चौधरीले वन समूहको कार्यालय परिसरमा निर्माण हुन लागेको सामुदायिक भवन निर्माणका लागि संसदीय विकास कोष मार्फत २० लाख रुपैंया सहयोग गर्ने र आगामी वर्ष थप १५ लाख रुपैंया विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद चौधरीले सामुदायिक वनको माध्यमबाट समुदायको जीवनस्तर उकास्न सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै यसलाई जोगाएर राख्न समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । यस्तै निजगढका मेयर सुरेश कुमार खनालले सामुदायिक वनको माध्यमबाट पर्यटकीय गतिविधि संचालन गर्न सकिने भएकाले वन उपभोक्ता समुहलाई पर्यटकीय क्षेत्रका रुपमा वनलाई रुपान्तरण गर्न उपभोक्ता समुहलाई आग्रह गर्नुभयो ।
जसकालागि नगरपालिकाले छिट्टै नै वन प्राविधिकको व्यवस्था गर्न लागेको मेयर खनालले बताउनुभयो । वनको माध्यमबाट नगरको कृषि क्षेत्रको समेत बिकास गर्न सकिने भएकाले समुहका सदस्यहरुको आर्थिक स्तर वृद्धि हुने खाल्को विविध कृषिजन्य कार्यक्रमहरुको संचालन गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमकैबिच सामुदायिक भवनको समेत शिलान्याश गरिएकोछ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सामुदायिक भवनको प्रदेश सांसद चौधरी र मेयर खनालले संयुक्त रुपमा शिलान्याश गर्नुभयो ।
सामुदायिक भवन निर्माणको योजनाकासाथ नगरपालिकाले गत वर्ष १० लाख रुपैंया विनियोजन गरेकोथियो । शिलान्याशको क्रममा मेयर खनालले भवन निर्माणमा थप आवश्यक सहयोग गर्न नगरपालिका सकारात्मक रहेको जनाउनुभयो । शिलान्याश भएको सामुदायिक भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया