यस वर्ष जाडो लम्बिने सम्भावना

विदुर खबर २०७६ माघ ११ गते १०:५२

यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटकपटक भित्रिरहेको छ । जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ।

यसपटक ३/४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको महाशाखाले जनाएको छ। घाम लागेर जमिन तात्तिन लाग्दै गर्दा फेरि अर्को प्रणाली भित्रिएर पानी पर्ने, हिमपात हुने महाशाखाले जनाएको छ। अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने महाशाखाको भनाइ छ।

Advertisement

अब बिस्तारै जाडो घट्ने र गर्मी सुरु हुनुपर्ने हो । तर छिछिनमा बादल आउने, घाम लाग्न नपाउने भइरह्यो भने चाहिँ चिसो घट्न पाउँदैन र जाडो लम्बिने महाशाखाले जनाएको छ। अगाडिका दिनमा भएको वर्षा र हिमपातले देशभर अझै चिसो कम भएको  छैन।

प्रतिक्रिया