नुवाकोटमा चिसो बढ्यो

नुवाकोट । केही दिनयता नुुवाकोटमा अत्याधिक चिसो बढेको छ ।
दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उहाँले बताउनुभयो ।
बिहीबारको भन्दा शुक्रबार झण्डै तीन डिग्री अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै शनिबार पनि केही ठाउँको अधिकतम तापक्रम घटबढ हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्नेछ भने पश्चिम तराईमा लागेको कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले चिसो रहिरहनेछ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् पौडेलले बताउनुभयो ।
प्रतिक्रिया