वडासदस्य पौडेलको सम्झनामा कांग्रेसद्वारा श्रद्धाञ्जली सभाको आयोजना
नुवाकोट । नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका डा सदस्य जनार्दन पैडेलको सम्झनामा नेपाली कांग्रेस नुवाकोटले विहिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
पौष २७ गते असमाहिक रुपमा भएको निधन भएका पौडेलको निधनप्रति समवेदना व्यत्त गर्दे नेपाली कांग्रेस भद्रुटार ईकाईलो १३ औ दिनको पुण्यतिथिको अवसर पारेर श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको रुपमा आउनुभएका नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रमेशकुमार महतले पार्टीमा २०५० सालदेखि निरन्तर र समाजको हितको लागि सधैं क्रियासिल रहदै आउनुभएको भन्दै पौडेलको स्मरण गरेका गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिकाको सभापति बैकुण्ठ खनाल पुर्व जिल्ला उपसभापति यमवहादुर थापा, नेबिसंघ क्षेत्रीय अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र ,नेपाली कांग्रेसका नेता रामेश्वर थापा , पञ्चकन्या ५ का ईकाइ सभापति एवं वडा अध्यक्ष डिल्लिवहादुर थापा,पञ्चकन्या–काठमाडौ सम्पर्क समितिको अध्यक्ष गणेश सिटौला लगायतले श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।
वडा सदस्य पौडेलको दुई साता अघि झुन्डिएको अवस्थामा भेटिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया