मंगोलियामा २६ हजार जनावरको मृत्यु
विदुर खबर
२०७६ माघ ८ गते २१:३२
एजेन्सी । मंगोलियामा अत्यधिक जाडोका कारण २६ हजारभन्दा बढी जनावरको मृत्यु भएको छ।
शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मंगोेलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन् । घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ । मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीहरुले बताएका छन् ।
यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेको मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए)ले जनाएको छ। यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए ।
एजेन्सी
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया