शुक्रबारदेखि अवरुद्ध भएको केरुङ–रसुवागढी सडक खुल्यो

विदुर खबर २०७६ माघ ८ गते २१:२२

                                                                                फाईल फोटो

रसुवा । पहिरोको कारण अबरुद्ध केरुङ–रसुवागढी सडकखण्ड बुधबार  दिउसोबाट सञ्चालनमा आएको छ ।

Advertisement

चीनतर्फको भूभाग केरुङ–रसुवागढी सडक खण्डका दुइ ठाउँमा पहिरो जाँदा शुक्रबारदेखि सडक अवरुद्ध थियो । सडकमा थुप्रिएको पहिरो पन्छाएर बुधबार दिउसोबाट यातायात सञ्चालनमा ल्याइएको जानकारी चिनियाँ पक्षले दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

 

ठोङ्साभन्दा करिब २ किलोमिटर मुनि र नाका भन्दा करिब ६ किलोमिटर माथि दुई ठाउँमा सुख्खा पहिरो गएको थियो। पहिरोले यातायात ठप्प भएपछि सामान लोड गरेर नेपाल आउन लागेका ६५ बढि कन्टेनर केरुङ र मुलाडाँडाभन्दा मुनि बाटोमै रोकिएका थिए। सडक खुले पछि बाटोमा रोकिएका कन्टेनरहरु गन्तब्यतर्फ लागेको प्रजिअ भण्डारीले बताए।
Advertisement

प्रतिक्रिया