धरानका पूर्वप्रमुख राईको निधन

विदुर खबर २०७६ माघ ६ गते २०:१५
धरान ।   तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुखको ६० वर्षको उमेरमा आज निधन भएको छ ।
अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताउनुभयो ।
प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा हुनुहुन्थ्यो । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उहाँलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उहाँ विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित हुनुभएको थियो ।

प्रतिक्रिया