चितवनमा बस दुर्घटना, २४ जना घाइते
विदुर खबर
२०७६ माघ ३ गते १२:५३
चितवन । चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन् । काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।
ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको घरमा ठोक्किन पुगेको थियो। घाइतेमध्ये तीन जना अवस्था गम्भीर रहेको छ । ट्रकमा सवार दुई जना र घरमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया