चितवनमा बस दुर्घटना, २४ जना घाइते

विदुर खबर २०७६ माघ ३ गते १२:५३

चितवन ।  चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

Advertisement

भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन् । काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको घरमा ठोक्किन पुगेको थियो। घाइतेमध्ये तीन जना अवस्था गम्भीर रहेको छ । ट्रकमा सवार दुई जना र घरमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया