स्थानीय सरकारकै रोहवरमा धादिङमा खोला दोहन
विदुर खबर
२०७६ माघ २ गते १८:०३


फाईल फोटो
धादिङ । स्थानीय सरकारकै रोहवरमा जिल्लाका नदीनालामा व्यापक दोहन भइरहेको छ । तत्कालीन जिल्ला विकास समितिले नदीहरुमा ढुंगा, गिट्टी निकाल्न रोकेकोमा स्थानीय सरकारले फुकुवा गरिदिएपछि दोहन बढेको हो ।
अहिले गजुरीको मलेखु र वेल्खुखोला, गल्छीको कोल्फु र थाक्रेको आग्रा खोलामा मापदण्डविपरीत उत्खनन भइरहेको छ । ती खोलाबाट दैनिक सयौं टिप्पर तथा ट्याक्टरले नदीजन्य पदार्थ ओसारपसार हुन्छन् । मलेखु खोलामा ३ वटा क्रसर खोलामै सञ्चालनमा छन् । क्रसर खोलाभन्दा ३ सय मिटर टाढा हुनुपर्ने प्रावधान छ ।
जिल्लाका गजुरी, गल्छी र थाक्रे गाउॅपालिकाले चालु आर्थिक वर्षमा ११ करोडदेखि १३ करोडसम्ममा नदीजन्य पदार्थको निकासी कर संकलन गर्न ठेक्कामा दिएका छन् । ठेकेदारले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरे पनि ती गाउॅपालिका मूकदर्शक बनेका छन् । स्थानीय सरकारका आन्तरिक आयस्रोत नदीजन्य पदार्थ निकासी नै रहेको छ । उपकरण प्रयोग गरी ढुंगा, गिट्टी झिक्दा नदीको नामनिशान नै मेटिँदै गएकोमा स्थानीयले गुनासो गरेका छन् ।
‘जिल्ला अनुगमन समितिले रातारात खोलाको दोहन गरिएको फेला परे उपकरणहरु जफत गरिने निर्णय गरिएको’ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउँछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया