प्रदेश–३ काे नाम र स्थायी राजधानीका लागि आइतबार बिहान मतदान हुने
मकवानपुर । प्रदेश नम्बर–३ काे नाम र स्थायी राजधानीका लागि आइतबार बिहान नाै बजे मतदान हुने भएको छ ।
प्रदेश नम्बर–३ काे नाम र राजधानीका लागि शनिबार संसदमा भएकाे छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएकाे हाे । सभामुख सानुकुमार श्रेष्ठले शनिबारकाे बैठक स्थगित भएकाे जनाउँदै आइतबार बिहान नाै बजेका लागि आह्वान गर्नुभएको हाे ।
नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।
संसद सचिवालयले आइतबार बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ । मतदानपछि प्रदेशकाे स्थायी राजधानी र नामाकरण हुनेछ । प्रदेश नम्बर-३ मा एक सय १० जना सांसद रहेका छन् । तीमध्ये सबैभन्दा बढी नेकपाको ८० जना सांसद रहेका छन् ।
शनिबारको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गर्नुभएको थियो ।
पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाउनुभयो । राजधानीका विषयमा सांसदहरुले भाग लिएर आफ्ना कुरा राख्नुभएकाे थियाे ।
सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका गर्नुभयो । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाउनुभयो ।
यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन् । नामका विषयमा सांसद प्रेम तामाङले असहमति जनाए पनि उहाँले विमतिको नाम दर्ता गराउन प्रस्तावक र समर्थक नपाए पछि दर्ता गराउन सक्नुभएन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया