गौतमबुद्ध अन्तरााष्ट्रिय रंगशाला निर्माणमा मलेसियामा काम गर्ने नेपालीको सहयोग

विदुर खबर २०७६ पुष २६ गते ८:४४

चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तरााष्ट्रिय रंगशाला निर्माणको लागि विदेशमा रहेका नेपालीहरुले सहयोग गर्नेक्रम जारी छ ।
यसैक्रममा मलेसियाको जोहोर बारुमा रहेको फ्लेक्स कम्पनि सेनाई जोहरमा कार्यरत कम्पनिमा कार्यरत नेपालीहरुले ३ लाख ४२ हजार ४६ रुपैयाँ सहयोग स्वरुप धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन ।

Advertisement

सहयोग गर्नेहरुमा सुरेन आलेमगर, नबराज राई, सुर्य अधिकारी, राम थापामगर, दावा योङ्जन, प्रकाश कुवार, कमल तामाङ, देवराज कटुवाल, धायानबहादुर राई, नारायण मगर, बिरु मगर, राम गुरुङ, राज कुमार दनुवार, मेगराज राजवंशीको अगुवाइमा झण्डै ४ सयभन्दा बढी कम्पनीमा कार्यरतहरुबा सो रकम संकलन भएको हो. ।

सहयोग गर्नेहरुलानई धुर्मुस सुन्तली फाउण्डेशनले धन्यवाद व्यत्त गरेको छ । फाउण्डेशनले सबैको सहयोगले छिट्टै रंगशाला निर्माण हुने आशा व्यक्त गरेको छ ।

Advertisement

प्रतिक्रिया