त्रिशुली– समाज युएईले सोनाम ल्होछार भव्य मनाउने

विदुर खबर २०७६ पुष २६ गते ८:२२

युएई । त्रिशुली–समाज युएईले सोनाम ल्होछार भव्य मनाउने भएको छ ।

Advertisement

हाम्रो कला ,संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं भन्ने मुल नाराका साथ् मञ्जुश्री संवत् २८५६ औं (जिवा(ल्हो)( मुसा वर्गको पावन अवसरमा २८५६ औं सोनाम ल्होछार कार्यक्रम संयुक्त रूपमा आगामी २४ जनवरी २०२० शुक्रबारको दिन युएईको राजधानी आबुधाबीस्थित मलालयम समाज हालमा हुन लागको हो ।
कार्यक्रममा तामाङहरुको कला ,सास्कृति ,परम्परा र मौलिकतालाई केन्द्रित गर्दै कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल पार्न सांगीतिक कोसेली लिएर नेपालबाट दुई लोकप्रिय कलाकारहरु दुबई आउने भएका छन ।

बैठकले कार्यक्रम सफल बनाउन उपाध्यक्ष शंकर तामाङ र कोषाअध्यक्ष लोकेन्द्र तामाङको संयोजकत्वोमा २१ सदस्यीय ल्होछार मुल समरोह समिति गठन गरि कार्य बिभाजन समेत गरिसकेको त्रिशुली समाज युएईका अध्यक्ष सम्परबहादुर तामाङले जानकारी दिए ।

Advertisement

तामाङ समुदायको महान पर्व सोनाम ल्होछार २८५६ उत्सवको रुपमा हर्ष उल्लासमय वातावरणमा मनाउन नेपालबाट एसियन स्टार पप तथा सेलो गायक अशुसेन लामा, मेह्र्न्दो माया लोक दोहोरी गायिका मनमाया वाइबा लगायतका कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रममा तामाङ कला, धार्मिक, संस्कृति संस्कार झल्किने र प्रबर्द्धन गर्न मौलिक बाजा डम्फु नाच, सेलो नाच, अन्य विभिन्न प्रस्तुती रहने बताइएको छ ।

Advertisement

प्रतिक्रिया