फागुन १४ मा स्ववियु चुनाव

विदुर खबर २०७६ पुष २६ गते ८:०८

त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आउँदाे फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे चुनाव गर्ने निर्णय गरेको छ ।

Advertisement

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु चुनाव गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अब हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छाैँ ।’’उहाँले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताउनुभयो ।

Advertisement

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । गएकाे दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतिक्रिया