नुवाकोट निर्माण व्यवसायीको तेह्रौ साधाणसभा सम्पन्न
नुवाकोट । नुवाकोट निर्माण व्यवसायी संघको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नुवाकोटको बट्टारमा भएको साधारणसभालाई सम्बोधन गर्दे निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवी सिंहले राज्यले दिएका सुविधाको उपयोग गर्दे एकवर्षभित्रमा सम्पन्न गर्नुपर्ने योजनाहरु समयमै निर्माण गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले निर्माण व्यवसायीले आफ्नो व्यवसायलाई प्रतिष्ठित बनाउन नसकेको बताएका छन । त्यस्तै सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्थनिय सरकारले कुनैपनि योजना निर्माण गर्दा गुणस्तरीय र भरपर्दाे खोजेको भन्दै निर्माण व्यवसायीले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्माणधिन आयोजनाहरु समयमै सम्पन्न गरि सबैले जिम्मेवारी वहन गर्नुपर्ने बताए । कार्यक्रममा नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले नुवाकोटका स्थानिय तहले लाइसेन्स वितरण आफुखुशी वितरण गरेको भन्दै असन्तुष्टि व्यत्त गरेका छन ।
साधारणसभामा निर्माण व्यवसायी महासंघका पूर्व महासचिव सुरेन्द्रराज केसी, नुवाकोट निर्माण व्यवसायी संद्दका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र प्याकुरेल सरकारले लगानीको लागि उचित वातावरण तयार नगरेको बताएका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया