नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा सूचिकृत

विदुर खबर २०७६ पुष २३ गते १९:३६

काठमाडौं । नेपालको पासपोर्ट विश्वकै कमजोर भएको सूचीमा सूचिकृत भएको छ । सबैभन्दा कमजोर पासपोर्ट भएका देशको सूचीमा नेपाल ७ औं स्थानमा छ ।

Advertisement

नेपालको पासपोर्ट ३८ वटा देशमा मात्रै काम लाग्ने हेन्ले पासपोर्ट इन्डेक्समा उल्लेख गरेको छ । नेपालसँगै सूचीमा प्यालेस्टाइन टेरिटोरीको पासपोर्ट पनि छ । भिसा लाग्ने, निशुल्क भिसा, अवातजावतमा सहजताका हिसाबले सूची तयार पारिन्छ ।

सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तानको छ । उसको पासपोर्ट २६ वटा देशमा मात्रै काम लाग्छ भने इराकको २८ वटा देशमा, सोमलिया र पाकिस्तानको ३२ वटा देशमा, यमनको ३३ वटा देशमा र लिवियाको ३७ वटा देशमा काम लाग्छ ।

Advertisement

दक्षिण एसियामा बंगलादेशको पासपोर्ट ४१ देश, श्रीलंकाको पासपोर्ट ४२ देश, भूटानको ५३ वटा देश, भारतको ५८ वटा देशमा, मालदिभ्सको ८५ वटा देशमा काम लाग्छ ।

त्यस्तै, सबैभन्दा बलियो पासपोर्टमा जापानको छ । जापनको १९१ वटा देशमा पासपोर्ट काम लाग्छ । भने दोस्रो नम्बरमा सिंगापुरको पासपोर्ट १९०, जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १८९, फिनल्याण्ड र इटलीको पासपोर्ट १८८ र डेनमार्क, लक्जेम्वर्ग र स्पेनको पासपोर्ट १८७ वटा देशमा चल्छ ।

Advertisement

प्रतिक्रिया