विद्यार्थी घाइते हुनेगरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

रुपन्देही । रूपन्देहीकाे सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा विद्यार्थी कुट्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई पिटेर घाइते बनाएका शिक्षक शैलेन्द्र बराईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
परिवारको उजुरीका आधारमा पक्राउ गरिएको मर्चवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषडराज ढकालले जानकारी दिनुभयो ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने तौफिक धुनिया, शिक्षक शैलेन्द्र बराईको कुटाइबाट घाइते भएका परिवारले आरोप लगाएको छ । कुटाइ खाने १० वर्षको बालकको बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार संभव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याएको बताउनुभयो ।
प्रधानाध्यापक सुरेन्द्र बराईले भने विद्यार्थीमाथी कुटपिट नभएको दावी गर्नुभएको छ । घटना गएको बुधबार भएको हो ।
प्रतिक्रिया