निर्माण सम्पन्न भएको डेढवर्ष पछि मात्रै मैलुङ-स्याफ्रुवेशी सडकको ईआईए तयार

फाईल फोटो
रसुवा । सरकारले गल्छी-मैलुङ स्याफ्रुवेशी सडकको मैलुङ-स्याफ्रुवेशी सडक खण्डको १७ किलोमिटर क्षेत्र निर्माण सम्पन्न भएको करिव डेढ वर्ष पछि वातावरणिय प्रभाव मुल्याङ्कन (ईआईए) तयार पारेको छ ।
आयोजना निर्माण पुर्व नै तयार पार्नुु पर्ने इआईए प्रतिवेदन सम्पन्न भएपछि मात्रै सरकारले तयार पारेको हो । गल्छी देखि स्याफ्रुवेशी सडक खण्ड को स्तरोन्नथी तथा विस्तारका लागी सरकारले २२ कार्तिक २०७३ मा निर्णय गरी सोही वर्ष पुष १ बाट निमाण कार्य सुुरु गरिएको हो । नेपाली सेनाले मैलुङ-स्याफ्रुवेशी सडक खण्डको ट्र्याक खोल्ने काम ३० चैत २०७४ मा पुरा गरी २०७५ जेठ ६ गते सरकार लाई हस्तान्तरण गरेको थियो । सरकारले निर्माण पुर्व नै तयार पार्नुपर्ने ईआईए प्रतिवेदन विना नै ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिएको थियो । राष्ट्रिय गौरवको आयोजना को सुचिमा राखि सरकारले आयाृजनाका काम सम्पन्न गरेको हो ।
गल्छी- रसुवागढी नाका सडकको पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी बाट नुवाकोेटको देविघाट-त्रिशुली रसुवाको वेत्रावती-मैलुङ स्याफ्रुवेशी-रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्धार सम्म पुग्न सबैभन्दा छोटो दुरीका रुपमा यो सडक खण्डलाई लिइन्छ । यो सडकको दुरी गल्छी देखि रसुवागढी सम्म ८२ किमि पर्दछ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग गल्छी—स्याफ्रुवेशी सडक आयोजना अन्तर्गत लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्र भएर जाने त्रिशुली-वेत्रावति मैलुङ-स्याफ्रुवेशी सडक खण्ड निर्माण ले त्यस क्षेत्रका बासिन्दाको सामाजिक र आर्थिक विकासमा मदत पुग्ने प्रस्तावित इआइएको प्रतिवेदनमा उल्लेख छ ।
यस परियोजनाको प्रस्तावक नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, भु वातावरण तथा सामाजिक शाखाले ट्र्याक खोलेको डेढ वर्ष पछि बल्ल इआईए तयार पारी वन तथा वतावरण मन्त्रालय मा पेश गरेको छ ।
प्रदेश नम्बर ३ को रसुवा, नुवाकोट जिल्ला भएर जाने सो सडक नुवाकोट किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया कालिका र गोसाईकुण्ड गाउँपालिका क्षेत्रमा पर्छ । यो सडक निर्माण पछि रसुवागढी हुदै चीनको केरुङ नाका साग यसले व्यापारिक सम्भावना खुलाउने विश्वास लिइएको छ ।
परियोजना को प्रभाव भनेको वन र खेति योग्य जमिनको भुउपयोगमा परिवर्तन हो ।यो परियोजनाले कुल ३० मिटरको क्षेत्राधिकार को सञ्चालन बाट करिब ६ दशमलव १८९ हेक्टर खेति योग्य जमिन र १३ दशमलव २२ हेक्टर वन क्षेत्र पुर्ण रुपमा नोक्सान हुने छ भने शुन्य दशमलव ५३ हेक्टर खोलाको जमिन प्रयोग हुन्छ ।
वातावरणीय प्रभावलाई न्युनिकरण गर्न अनुमति लागत शीर्षक जस्तै क्षतिपुर्ति वृक्षारोपण र पाँच वर्ष सम्म व्यवस्थापन जग्गा र घरको उचित मुआवजा, सामाजिक सम्र्वद्धनका लागी क्षमता अभिवृद्धि तालिम र अरु प्रभाव न्युनिकरण का उपाय अपनाउन ईआएले सुझाएको छ ।क्षतिपुर्ति वृक्षारोपण लागत १५ लाख, सामाजिक अभिमुखिकरण कार्यक्रमको लागत पाँच लाख, वातावरणीय पक्ष संरक्षण तथा सम्वद्र्धनका लागी सात करोड चार लाख र चार बायो इन्जिनेरिङका लागी २६ लाख ८६ हजार आठ सय ४५ रुपैयाँ लाग्ने ईआ
ईले औल्याएको छ ।
वातावरणीय प्रभाव न्युनिकरणका लागी आयोजनाले जम्मा सात करोड ५० लाख ८६ हजार आठ सय ४५ रुपैया बजेट खर्च गर्नुपर्ने उल्लेख गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया