सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो

विदुर खबर २०८२ चैत ८ गते ११:१७

नुवाकाेट । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया