बालिकामाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पौडेल कारागार चलान

विदुर खबर २०७६ पुष १६ गते १९:२१

रसुवा । बिदेशी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका कालिका गाउँपालिका २ कालिकास्थानका सुनिल पौडेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

Advertisement

बुधबार जिल्ला अदालत रसुवाका श्रेष्ठेदार सदन अधिकारीको इजलासले २९ बर्षिय पौडेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बिदेशी नाबालिका पिडित माथि जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरी, किटानी जाहेरीलाई समर्थन हुने गरी पिडितले अनुसन्धानमा गरेको कागज, कागज गर्ने व्यक्तिहरुको कथन, घटनास्थल प्रकृतिको मुचुल्का लगायतका प्रमाणलाई आधार मानी पिडितको उमेर र वादी नेपाल सरकारको माग दाबि समेतलाई दुष्टिगत गरी प्रतिबादी पौडेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत रसुवाका श्रेष्ठेदार सदन अधिकारीले बताए ।

जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको समेत अधिकारीले बताए । मुद्धामा सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिबक्ता बाबुराम भट्टराई र प्रतिबादीको तर्फबाट अधिबक्ता फुर्पा तामाङले बहस गरेका थिए । रसुवा घुम्न आएकी १२ वर्षीय विदेशी बालिकालाई मंसिर २८ गते शनिबार पौडेलले कालिका गाउँपालिका –२ स्थित फनफनकाली होटल नजिक जंगलमा घुम्ने क्रममा बलत्कार प्रयास तथा दुव्र्यवहार गरेको भन्दै बिदेशी बालिकाको आफन्तले प्रहरीमा उजुरी गरेसँगै पौडेललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । पक्राउ परेका पौडेललाई १९ दिनसम्म हिरासतमा राखि अनुसन्धान गरिएको थियो ।

Advertisement

मुलुकि अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड ख अनुसार जबरजस्ती करणी गरेमा (पिडित १० बर्ष देखि १४ बर्ष उमेर समुहको भएमा) १८ बर्षदेखि २० बर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । प्रतिबादी पौडेललाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएकोले प्रतिबादी पौडेल दोसी ठहरिएमा मुलुकि अपराध संहिता २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम त्यसको आधा सजाय हुन सक्ने कानुनी प्राबधान रहेको छ ।

प्रतिक्रिया