प्रदेश ३ को राजधानी र नाम टुंगो लगाउन नेकपा सचिवालय बैठक
नुवाकोट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
आइतबार बिहान ९ बजेबाट सुरु भएको बैठकमा प्रदेश न. ३ को राजधानी र नाम टुंगो लगाउने विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘प्रदेश न. ३ को राजधानी र नाम टुंगो लगाउनेबारे छलफल हुन्छ,’ श्रेष्ठले भने।
स्रोतका अनुसार सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने सम्बन्धमा पनि निर्णय गर्ने छ। सभामुख को हुनेर? भन्ने टुङ्गो नहुँदा पुस १६ गते बस्ने गरी प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको थियो।
निवर्तमान सभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको प्रयास आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि सभामुख पद रिक्त छ। उक्त पदमा हालसम्म पूर्वसभामुख सुवास नेम्वाङ र अग्नी सापकोटा प्रमुख दावेदारका रुपमा देखिएका छन्।
त्यस्तै सचिवालय बैठकले केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय पनि गर्ने छ। अघिल्लो साता सकिएको नेकपा स्थायी कमिटी बैठकले पुस २३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया