अस्पतालमा प्रसुती गराउन आएका दुई महिलाको मृत्यु
वीरगञ्ज । वीरगञ्जको प्रभु अस्पतालमा प्रसुती गराउन आएका दुई महिलाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बाराको पंचरौता नगरपालिका–१ की २५ वर्षीया सुनिता देवी र वीरगञ्ज महानगरपालिका–३ भगवती टोलकी ३० वर्षीया अमृता श्रेष्ठ रहेका छन्।डा.लक्ष्मी थापाले पुस ८ मंगलबार राति करीब ९ बजे सुनिताको शल्यक्रिया गरी प्रसुती गराएको र पुस ९ गते बुधबार विहान करीब ३ बजे सुनिताको पिसाब रोकिएको थियो ।
पिसाब रोकिएपछि डायलासिसको लागि सुनिताको आफन्तलाई सल्लाह दिइएको अस्पतालका मेडिकल डाइरेक्टर डा.अभिषेक आर्यालले बताए ।
मृतकका आफन्तका अनुसार सुनिताको पुस १० गते बुधबार राति ज्यान गएको हो । डा.थापाको लापरवाहीकै सुनिताको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।
त्यस्तै, अमृता पनि पुस ८ गते मंगलबारका दिन नै प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । त्यस्तै पुस १० गते बुधबार विहान डा.थापाको शल्यक्रियाबाटै अमृताले पनि बच्चा जन्माएकी थिइन् ।
उपचार कै क्रममा बुधबार दिउँसो १२ बजे अमृताको पनि अचानक पिसाब रोकियो । अस्पतालका अनुसार औषधि दिएपछि दिउँसो २ बजे अमृताको पिसाब आयो । सोही दिन दिउँसो ४ बजे सुनितालाई भेन्टिलेटरमा राखियो ।
भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा साँझ करीब छ बजे अमृताको धड्कन बन्द भयो । साँझ सवा सात बजे उनको ज्यान गयो । अस्पतालको लापरवाहीकै कारण अमृताको ज्यान गएको आफन्तहरुको आरोप छ ।
यसै विषयलाई लिएर अस्पतालकी डा.थापासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
डा.थापामाथि पहिले देखिनै कमिशनको भरमा औषधि चलाउने गरेको आरोप लाग्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया