अस्पतालमा प्रसुती गराउन आएका दुई महिलाको मृत्यु
वीरगञ्ज । वीरगञ्जको प्रभु अस्पतालमा प्रसुती गराउन आएका दुई महिलाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बाराको पंचरौता नगरपालिका–१ की २५ वर्षीया सुनिता देवी र वीरगञ्ज महानगरपालिका–३ भगवती टोलकी ३० वर्षीया अमृता श्रेष्ठ रहेका छन्।डा.लक्ष्मी थापाले पुस ८ मंगलबार राति करीब ९ बजे सुनिताको शल्यक्रिया गरी प्रसुती गराएको र पुस ९ गते बुधबार विहान करीब ३ बजे सुनिताको पिसाब रोकिएको थियो ।
पिसाब रोकिएपछि डायलासिसको लागि सुनिताको आफन्तलाई सल्लाह दिइएको अस्पतालका मेडिकल डाइरेक्टर डा.अभिषेक आर्यालले बताए ।
मृतकका आफन्तका अनुसार सुनिताको पुस १० गते बुधबार राति ज्यान गएको हो । डा.थापाको लापरवाहीकै सुनिताको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।
त्यस्तै, अमृता पनि पुस ८ गते मंगलबारका दिन नै प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । त्यस्तै पुस १० गते बुधबार विहान डा.थापाको शल्यक्रियाबाटै अमृताले पनि बच्चा जन्माएकी थिइन् ।
उपचार कै क्रममा बुधबार दिउँसो १२ बजे अमृताको पनि अचानक पिसाब रोकियो । अस्पतालका अनुसार औषधि दिएपछि दिउँसो २ बजे अमृताको पिसाब आयो । सोही दिन दिउँसो ४ बजे सुनितालाई भेन्टिलेटरमा राखियो ।
भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा साँझ करीब छ बजे अमृताको धड्कन बन्द भयो । साँझ सवा सात बजे उनको ज्यान गयो । अस्पतालको लापरवाहीकै कारण अमृताको ज्यान गएको आफन्तहरुको आरोप छ ।
यसै विषयलाई लिएर अस्पतालकी डा.थापासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
डा.थापामाथि पहिले देखिनै कमिशनको भरमा औषधि चलाउने गरेको आरोप लाग्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया