पुनर्निर्माणमा ३ खर्ब ३५ अर्ब बजेट खर्च, अझै तीन खर्ब चाहिने

विदुर खबर २०७६ पुष १० गते १९:३५

काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनर्निमाणमा झण्डै साढे तीन खर्ब रुपैयाँ बजेट खर्च भएको छ ।

Advertisement

यस अवधिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए ।

प्राधिकरण १२ पुसमा स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गर्दैछ । यसबीचमा संख्यात्मक रुपमा पुनर्निर्माणको औषत ८३ प्रतिशत प्रगति हासिल भएको छ । तर, बजेट आवश्यकताका हिसावले महत्वपूर्ण संरचनाको पुनर्निर्माण जारी रहेका कारण बाँकी काम सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको उनले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया