प्रदेश ३ को नाम ‘नेवा-ताम्सालिङ’ : मन्त्री जम्कट्टेल

विदुर खबर २०७६ पुष ८ गते १९:०९

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा-ताम्सालिङ’ हुने बताएका छन् ।

Advertisement

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५ औ राष्ट्रिय भेलाको उदघाटन  गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन्। उनले संघीयता खोला र नदीले नमागेको भन्दै संघीयता उत्पीडित, जाती, समुदाय र क्षेत्रले मागेकाले उनीहरुको आत्मसम्मान हुनेगरी प्रदेशको नाम ‘नेवा-ताम्सालिङ राखिनुपर्ने बताए। प्रदेशको नाम खोला नदीको नाममा बागमती वा गण्डकी हुनै नसक्ने भन्दै उनले भने, ‘संविधानमा समावेशीताको अधिकार भएकाले यो नामका बारेमा प्रदेशसभामा प्रस्तावसमेत दर्ता भएको छ। मैले त भनेको छु मेरो मत भनेको नेवा-ताम्सालीङ नाममा हो। मैले यो कुरा पार्टीमा पनि राखेको छु। यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाउँछ। हाम्रो शासन व्यवस्थामा मजबुत बनाउँछ।’

उनले भने, ‘यो व्यवस्था ख्यालख्यालैमा आएको होइन। त्यसैले सरकारको आलोचना र विरोध गर्दा व्यवस्थाको विरोध नगरौं व्यवस्थाप्रति गर्व गरौं, संविधान भन्दामाथि कोही पनि छैन।’ ‘पत्रकार र राजनीतिक दलसँगै लडेर गणतन्त्र आएको हो। संविधान र व्यवस्था ल्याउन पत्रकारको पनि रगत बगेको छ। श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा किन नपाउने?’ उनले प्रश्न गरे।

Advertisement

प्रतिक्रिया