सयभन्दा बढी महिला रेडियोकर्मी धादिङमा
धादिङ । रेडियोमा महिलाहरूको सवालमा छलफल गर्न देशभरका रेडियोकर्मी महिला धादिङमा भेला भएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजनामा आज र भोलि चल्ने भेलामा सामुदायिक प्रसारणमा महिला सहभागिताका बारेमा छलफल हुने छ ।
‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा सुरु हुन लागेको हो ।
भेलामा देशभरका ३ सय ५० भन्दा बढी रेडियोका १ सयभन्दा धेरै रेडियोकर्मी सहभागि हुँदैछन् । कार्यक्रममा, रेडियोमा महिला सहभागिता र महिलाहरूको सवालमा रेडियोले उठाइरहेका बिषयमा छलफल हुने अकोराबका सचिब बन्दना दनुवारले जानकारी दिनुभयो ।
भेलामा महिला सहभागिताका विषयमा नेपालको सामुदायिक रेडियोमा हालसम्म भएको अभ्यास र आगामी दिनको रणनीतिको बारेमा पनि छलफल हुनेछ ।
दक्षिण एसियाका सामुदायिक रेडियोमा भइरहेको असल अभ्यास र नेपालले सिक्नुपर्ने बिषयमा पनि छलफल हुने सचिव दनुवारको भनाइ छ । भेलाको राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले उद्घाटन गर्नुहुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया