२ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीले दिएको २ लाख रुपैयाँको रसिद माग गर्दा नदिएपछि वडाध्यक्ष मगरविरुद्ध परेको उजुरीको आधारमा उनीसहित लेखनदास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
वडाध्यक्ष डिस्वा मगरलाई रामग्राम नगरपालिका-१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया