बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट छिटो सक्न राज्यमन्त्री मानन्धरको निर्देशन
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।
१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा बिहीबार मन्त्रालयका सचिवसहितको अधिकारीहरुको टोली लिएर पुगेका मन्त्री मानन्धरले काठमाडौंको फोहर व्यवस्थापनको लाइफलाइनका रुपमा रहेको आयोजनामा ढिलाइ गरे कारबाही गर्ने चेतावनी समेत दिए ।
आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए । आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दाबी गरेका मन्त्री मानन्धरले यसलाई नमूना आयोजनाको रुपमा सम्पन्न गर्ने दाबी समेत गरे । मन्त्री मानन्धरले सरकारी निकायबीच समन्वय हुन नसके सिधै आफूलाई रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाही गर्ने चेतावनी दिए ।
मन्त्री मानन्धरले स्थानीयलाई समेत लाभ हुनेगरी आयोजना तयार भएको भन्दै स्थानीयले मन दुखाउनु पर्ने कुनै कारण नभएको बताए । मन्त्री मानन्धरले यो आयोजना देशकै नमूना आयोजनाका रुपमा विकास गर्नका लागि नविनतम प्रविधिको प्रयोग हुने बताए ।
देशमा स्थिर सरकार भएकाले विकास निर्माणका कामले गति लिने बताउँदै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको शहरी सुन्दरता कायम गर्नका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री मानन्धरले देशका मुख्य सहरहरुलाई फोहर र धुलोमुक्त बनाउन सरकारले कार्ययोजना बनाइरहेकाले केही समयमै परिवर्तन देखिने बताए ।
उक्त परियोजना शहरी विकास मन्त्रालय मातहतमा आएपछि निर्माणले गति लिएको छ । तर पुस १ बाट फोहर फाल्ने लक्ष्य पूरा नभएपछि मन्त्री मानन्धर आफैं फिल्डमा पुगेका हुन् । अहिलेकै अवस्थामा निर्माण कार्यले तीब्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ । गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।
कार्यालय प्रयोजनका लागि भवन निर्माण देखि फोहोर फाल्ने मुख्य स्थानमा फाउण्डेसनको काम अघि बढेको छ । मुख्य स्थानलाई दुई सेलमा विभाजन गरी कम्तीमा एक सेलमा छिट्टै फोहर फाल्न मिल्ने बनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्यम मैनालीले बताए ।
आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइड निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया