सञ्चारमाध्यमप्रति अनुदार बन्दै सरकार
काठमाडौं।सरकारले हालै तयार पारी छलफलमा रहेको नयाँ संघीय निजामती सेवा विधेयकमा सरकारी कामकाजसम्बन्धी कुनै पनि जानकारी सञ्चारमाध्यमलाई उपलब्ध गराउन रोक लगाउने प्रावधान ल्याएको छ।
छलफलका क्रममा रहेको सो विधेयकको धारा ७६ मा सरकारी कामकाजसम्बन्धी समाचारमा प्रतिबन्ध लगाइएको हो।हाल सो विधेयक संघीय संसद्मा पेस गरिएको छ।विधेयकको धारा ७६ मा भनिएको छ– ‘कुनै निजामती कर्मचारीले अख्तियारी नपाई आफूले सरकारी कर्तव्य पालना गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानुनले निषेध गरेका विषय वा आफूले लेखेका वा संकलन गरेको कुनै कागजउपर वा समाचार प्रत्यक्ष वा अप्रत्यक्षरूपमा समाचार माध्यमलाई बताउनुहुँदैन।’
यो दफा सरकारी सेवाबाट हटेका र अवकाश प्राप्त कर्मचारीमा समेत लागू हुने भनिएको छ।त्यसै गरी सो विधेयकको दफा ७५ मा सरकारको आलोचना गर्न नहुने व्यवस्था गरिएको छ।
मस्यौदामा दफाको उपदफा १ मा नेपाल सरकारको नीतिविपरीत हुने गरी वा सरकार र जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी कुनै निजामती कर्मचारीले आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशन गर्न, सञ्चारमाध्यमलाई कुनै खबर दिन, रेडियो, टेलिभिजन आदिबाट मन्तव्य प्रसारण गर्न, सार्वजनिक मन्तव्य दिन वा वक्तव्य प्रसारण गर्न हुँदैन भनी प्रस्तावित विधेयकमा भनिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया