सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते


फाईल फोटो ।
काठमाडौँ । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् ।
नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६.१५ बजे ठोक्किँदा २५ यात्रु घाइते भएका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्टले बस एकापसमा ठोक्किँदा बसभित्र रहेका २५ यात्रु घाइते भएको जानकारी दिनुभयो ।
घाइतेको सामाखुशीको अल नेपाल अस्पताल र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बस भक्तपुर चल्ने र महाराजगञ्जदेखि बसपार्क जाँदै गरेको बस चक्रपथ चल्दै आएका थिए । महाराजगञ्जबाट बसपार्क जाँदै गरेको बसका चालक भने गम्भीर घाइते रहेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।
घाइतेको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया