सनराइज बैंकको शाखा नुवाकोटको बट्टारमा
नुवाकोट सनराइज बैंक लिमिटेडले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा १२८ औं शाखा संचालनमा ल्याएको छ ।
बैंकले आइतबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतविडा, विदुर नगरपालीकाका मेयर सञ्जु पण्डित र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन । कार्यक्रममा प्रतिनिधि सभाका सांसद नारायणप्रसद खतिवडाले बैक स्थापनाले सेवामा प्रतिस्पर्धा बृद्धि भई ग्राहकले फाईदा पाउने बताए ।
उनले बैकलाई नाफामुखी भन्दापनि सेवामुखी भएर व्यापार गर्न आग्रह गरे । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बैकहरु सहर केन्द्रित भएको भन्दै गाउँगाउँमा पुगेर सेवा गर्नुपर्ने बताए । उनले बैक तथा वित्तिय संस्थाले स्थानिय सरकारसँग समन्वय नगरी काम गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
त्यस्तै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बैक र उद्योग व्यवसायीको सम्बन्ध नङ र मासुकोजस्तै रहेको भन्दै बैक तथा वित्तिय संस्थाले व्यापार व्यवसायमा लगानी गर्दा विशेष सहुलियत दिनुपर्ने बताए । कार्यक्रममा बैंकका सिइओ जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानी गर्न प्रोत्साहन गरे । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेका पौडेलले बताए ।
सनराइज बैंकले हाल १२८ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया