मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
विदुर खबर
२०७६ मंसिर २८ गते १०:४५

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया