विमल सहित चार खेलाडीलाई प्रतिबन्ध

विदुर खबर २०७६ मंसिर २७ गते २०:३३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्ति मगरसहित चार खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।

Advertisement

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएपछि तत्काल निलम्बनमा परेका विमलसहित ४ खेलाडीलाई एन्फाले थप कारबाही गरेको हो ।

एन्फाको अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको छ । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको छ ।एन्फाको अनुशासन समितिले प्रतिबन्धसँगै चारै खेलाडीलाई ५० हजार जरिवाना समेत गरेको छ ।

Advertisement

एन्फाले चारै खेलाडीको प्रतिबन्ध आजबाट सुरु भएको जनाएको छ ।

प्रतिबन्धसँगै चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनैपनि प्रतियोगिता खेल्न नपाउने एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।एन्फाको प्रतिबन्धसँगै विमल र दिनेशले ‘ए’ डिभिजन लिग गुमाउने छन् । अन्जन र सन्तोषले भने आधा सिजन खेल्न पाउने छन् ।

Advertisement

प्रतिक्रिया