रसुवागढीमा चार महिनामा नै ५९ प्रतिशत राजस्व संकलन
रसुवा । रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनामा नै वार्षिक लक्ष्यको करिब ५९ प्रतिशत राजस्व संकलन गरेको छ ।
नाकाबाट सामग्रीको आयात तथा निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको कार्यालयले जनाएको छ ।पहिलो चार महिनामा नेपालीको प्रमुख चाडपर्व पर्ने भएकाले यो समयमा सामग्रीको आयात बढी हुन्छ । सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण यो नाकाबाट आयात तथा निर्यात बढेको हो ।
कार्यालयका अनुसार साउनदेखि कार्तिक मसान्तसम्ममा पाँच अर्ब ४० करोड १३ लाख ८१ हजार रुपयाँ राजस्व संकलन भइसकेको छ ।कार्यालयले यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यो लक्ष्यको तुलनामा ५८.७९ प्रतिशत हो । गत वर्ष पनि दिएको लक्ष्य अगाडि नै पूरा गरेपछि पछि लक्ष्य बढाइएको थियो ।
कार्यालयले साउनदेखि कार्तिक मसान्तसम्म ३ अर्ब ७४ करोड ३१ लाख ३१ हजार रुपयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चार महिनाको लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार साउनमा ४६ करोड ७८ लाख ९१ हजार, भदौ महिनामा ९३ करोड ५७ लाख ८३ हजार, १ अर्ब ४० करोड ३६ लाख ७४ हजार र कार्तिकमा ९३ करोड ५७ लाख ८३ हजार रुपयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।
जसमा साउनमा १ अर्ब ३ करोड ५ लाख ४८ हजार रुपयाँ, भदौमा १ अर्ब ५१ करोड २६ लाख ९० हजार, असोजमा १ अर्ब ३८ करोड ८० लाख ३२ हजार र कार्तिकमा १ अर्ब ४७ करोड १ लाख ११ हजार रुपयाँ संकलन गरेको हो ।
गएको चार महिनामा फलपूmल तथा चाडपर्वका सामग्री बढी आयात भएकोमा अहिले चिसोका लागि आवश्यक तयारी कपडा बढी आउन थालेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया