कुमारीले मासिक १५ हजार पाउने

विदुर खबर २०७६ मंसिर २७ गते १८:३८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक  १५ हजारको दरले भत्ता दिने भएको छ ।

Advertisement

पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ । विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

कामपाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनापेक्षाबमोजिम सुधार गदैै लगिने बताउनुभयो ।

Advertisement

कामपा प्रमुख शाक्यका अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने छ ।

प्रतिक्रिया