राष्ट्रियसभा निर्वाचन माघ ९ गते

विदुर खबर २०७६ मंसिर २६ गते २०:०८

नुवाकोट ।  सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते बिहीबार गर्ने भएको छ ।

Advertisement

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते निर्वाचन गर्ने र उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिनुभयो । उक्त बैठकले आगामी पुस ४ गते बेलुका ४ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकीकरणको कार्यकारी प्रमुखमा विराटनगरका अनिल पोखरेललाई नियुक्त गरिएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्य पद (सन् २०३७÷३८) का लागि नेपालको उम्मेदवारी पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारीमा समर्थन जुटाउनका लागि पहल शुरु गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

Advertisement

प्रतिक्रिया