प्रेस युनियनको महाधिवेशन निर्धारित समयमा नहुने
नुवाकोट । नेपाल प्रेस युनियनको महाधिवेशन निर्धारित समय यही मङ्सिर २८ र २९ गते नहुने भएको छ ।
युनियनले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न असमर्थ भएको जनाएको छ । महाधिवेशन तोकिएको विभिन्न समयमा संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको, नेपाल पत्रकार महासङ्घमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि होमिनु परेको, प्रेस र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कानून विरुद्धमा आन्दोलित हुनुपरेको लगायतका कारणले महाधिवेशन प्रभावित भएको युनियनले आज जनाएको हो ।
युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । अध्यक्ष सिग्देलले अधिवेशन हुन बाँकी रहेका शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न युनियनकर्मीलाई आग्रह गर्दै विविध व्यवधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया