सुगम छाडेर किन धमाधम दुर्गम रोज्दैछन् डाक्टर ?
काठमाडौँ, ८ चैत-दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् । लोकसेवा पास गरेर आउने मेडिकल अधिकृत (आठौँ तह)ले दुर्गममा पोस्टिङ माग्न थालेपछि सुगमका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी अपूरो भएको छ । भर्खरै लोकसेवाबाट मेडिकल अधिकृतमा पास भएर आएका १०२ डाक्टरले दुर्गममा मात्रै पोस्टिङ माग्दा स्वास्थ्य मन्त्रालयलाई दरबन्दी मिलानमा हम्मेहम्मे परेको थियो । अन्तिममा मेरिट लिस्टका आधारमा पोस्टिङ गरिएको छ ।
चिकित्सकहरू सुगममा केन्द्रित हुँदा दुर्गमका नागरिकले स्वास्थ्य उपचार नपाएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन परिमार्जन गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुर्गमका जनताको सेवामा चिकित्सक खटाउने प्रबन्ध मिलाउन डा. पदमबहादुर चन्दको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरेका थिए ।
थापाले कमिटीको प्रतिवेदनका आधारमा नीति परिमार्जन गरेका थिए । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरू दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन्, नयाँ पत्रिकामा खबर छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया