पुरुष फुटवलमा स्वर्णको लागि नेपालले भुटानसँग खेल्ने
विदुर खबर
२०७६ मंसिर २२ गते १९:२९
नुवाकोट । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरेका थिए ।खेलको इन्जुरी समयमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो । कप्तान जमल भुइयाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा अन्तिम केहि मिनेट बंगलादेशले १० खेलाडीमा खेलेको थियो ।
जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपाल लगातार तेस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो ।नेपालले ४ खेलमा १० अंक जोड्यो । बंगलादेशले भने अब तेस्रो स्थानको लागि खेल्नेछ ।अब नेपालले स्वर्णका लागि भुटानसँग मंसिर २४ गते खेल्नेछ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया