नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षकको जागिर चट

विदुर खबर २०७६ मंसिर २१ गते १८:२८

नुवाकोट । माल्दिभ्स फुटवल संघले मुख्य प्रशिक्षक पिटर ट्रेगोलाई बर्खास्त गरेको छ ।

Advertisement

काठमाण्डौमा जारी १३ औ साग खेलकुद प्रतियोगिताको समुह चरणबाटै बाहिरिएपछि संघले मुख्य प्रशिक्षक ट्रेगोलाई बर्खास्त गरेको हो । माल्दिभ्स शनिबार नेपालसँग २–१ गोल अन्तरले पराजित हुँदै समुह चरणबाटै वाहिरिएको थियो ।

माल्दिभ्सले ४ खेलबाट २ अंक बटुल्दै समुहको पुछारमा रहेको छ ।

Advertisement

प्रतिक्रिया