कांग्रेसकै नितिले गाउँगाउँमा करोडौ बजेट आउन थल्यो : डा. महत

विदुर खबर २०७६ मंसिर १८ गते १८:१४

नुवाकोट । पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका  केन्द्रिय सदस्य डा. रामशरण महतले कांग्रेसकै नितिले गाउँगाउँमा करोडौ बजेट आउन सफल भएको बताएका छन ।

Advertisement

बुधबार ककनीमा नेपाल तरुणदल क्षेत्र न १  द्धारा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै डा. महतले सो कुरा बताएका हुन । डा. महतले २०४८ सालमा १२ अर्व उठ्ने राजस्व आज झण्डै १००० अर्ब उठ्न सफल भएको भन्दै कांग्रेसले ल्याएको उदारिकरणको निति सफल भएको दाबी गरे ।

डा. महतले वर्तमान सरकारको काम कारवाहीप्रति जनतामा चरम निराशा पैदा भएको आगामी निर्वाचनमा कांग्रेस ठुलो पार्टी बन्ने बताएको नेपाल तरुणदलका जिल्ला सचिव सुमन गिरीले बताए ।

Advertisement

प्रतिक्रिया