तादी गाउँपालिकाद्धारा दुई विद्यालयलाई खेलकुद सामाग्री वितरण

विदुर खबर २०७६ मंसिर १७ गते २१:४०

नुवाकोट । तादी गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि दुई विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

Advertisement

गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले वडा नम्बर ५ मा रहेको विज्ञान मावि र वडा नम्बर ६ मा रहेको जागृत आधारभुत विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेका हुन । खेलकुद सामाग्री विरतण गर्दै गाउँपालिकाका अध्यक्ष पाण्डेले बिद्यालयले खेलकुद सामाग्रीको सहि सदुपयोग गरेमा बिद्यार्थीहरुको शैक्षिक बिकास हुनुको साथै अन्तर्नि्हित प्रतिभाहरुको प्रस्फुटनमा समेत सहयोग पुग्ने बताए । त्यस्तै कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इश्वरी उप्रेतीले बालबालिकाको हितमा सदैब अभिभावकहरुले पनि विशेष ध्यान र ख्याल गर्नु पर्ने बताइन ।

गाउँपालिकाले वितरण गरेको खेलकुद सामाग्रीहरूमा भलिबल, फुटबल, स्पिकिङ डोरी, चेस, ब्याटमिण्टन लगाएत सांस्कृतिक सामाग्री समेत रहेका छन । कार्यक्रममा गाउँपालिकाका स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाअध्यक्ष तथा सदस्यहरू, विद्यार्थी अभिभाबकहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया समेत गरेका थिए ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा बिद्यार्थीहरूको जिवनमा अध्ययन तथा अनुशासनका बारेमा बिद्यालय, वडा तथा गाउँपालिकाले विशेष जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृति प्रस्तुति समेत पस्केका थिए ।

प्रतिक्रिया