बौद्धिक अपाङ्ग केन्द्रमा समृद्ध नुवाकोटको वार्षिकउत्सव

विदुर खबर २०७६ मंसिर १६ गते १५:३६

नुवाकोट । समृद्ध नुवाकोट नामक फेसबुक पेजका अभियात्ताहरुले पहिलो वार्षिक उत्सवको अवसर पारेर माझिटारमा रहेको बौद्धिक अपाङ्ग केन्द्रका बाबालिकाहरुलाई खाना खुवाएका छन ।

Advertisement

वार्षिक उत्सवको अवसर पारेर केन्त्द्रमा रहेका बालबालिकाहरुलाई खाना खुवाएको समृद्ध नुवाकोट अभियानका दिपेन्द्र तिमल्सिनाले जानकारी दिए । खाजा खाने पैसाको बचत गरी आफुहरुले सामाजिक कार्यमा खर्च गर्ने गरेको अर्काे अभियान्ता सञ्जय भट्टले बताए । समृद्ध नुवाकोट नामक फेसबुक पेज मार्फत आवद्ध भएका यि युवाहरुले सामाजिक काममा आफ्ना हातहरु थप फराकिलो बनाउँदै लगेका छन ।

प्रतिक्रिया