मोरङमा तोडियो नेकपाको किल्ला, कांग्रेस विजयी
विदुर खबर
२०७६ मंसिर १५ गते ८:०८
मोरङ । मोरङको धनपालथान गाउँपालिकामा नेकपा (पूर्व एमाले) को किल्ला तोडिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस िवजयी भएको छ ।
कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया