भक्तपुरमा कांग्रेसको अग्रता
नुवाकोट । भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपचुनावको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० गरी कूल १० वटा वडामा उपचुनाव भएको थियो । मतगणनामा आइतबार बिहान ७ बजे सम्म कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ३ सय १२ मतको अग्रता लिनुभएको छ ।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ देखि ६ वडासम्मको मतगणनामा कांग्रेसका उम्मेदवार भँडेलले ९ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपि) ढकालले ६ हजार ७८३ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले २ हजार ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया