भक्तपुरमा कांग्रेसको अग्रता

विदुर खबर २०७६ मंसिर १५ गते ७:३९

नुवाकोट ।  भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपचुनावको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

Advertisement

चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० गरी कूल १० वटा वडामा उपचुनाव भएको थियो । मतगणनामा आइतबार बिहान ७ बजे सम्म कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ३ सय १२ मतको अग्रता लिनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ देखि ६ वडासम्मको मतगणनामा कांग्रेसका उम्मेदवार भँडेलले ९ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपि) ढकालले ६ हजार ७८३ मत प्राप्त गर्नु भएको छ ।

Advertisement

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले २ हजार ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया