उप–निर्वाचनमा नेकपाको शानदार शुरुवात

विदुर खबर २०७६ मंसिर १४ गते १९:४७

नुवाकोट । विभिन्न जिल्लामा आज भएको उप निर्वाचनको प्रारम्भिक नतिजा आउँदा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले शानदार शुरुवात गरेको छ ।

Advertisement

केहिवेर अघिसम्म २ स्थानको मत गणना सकिँदा दुबै स्थानमा नेकपाले जित हात पारेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।

त्यस्तै रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

Advertisement

 

प्रतिक्रिया