पोखरा नयाँबजारस्थित मतदान केन्द्रमा बम विस्फोट

विदुर खबर २०७६ मंसिर १४ गते ८:५५

नुवाकोट । उपनिर्वाचनका लागि मतदान भइरहेको पोखरा महानगरपालिका- ९ स्थित नवप्रभात माविमा बम बिस्फोट भएको छ।

Advertisement

नयाँबजारस्थित मतदान केन्द्रमा केहि बेर अघि बम विस्फोट भएको हो। बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ।मतदान केन्द्रमा बाहिरबाट बम फ्याँकिएको प्रहरीको भनाइ छ। बम विस्फोटबाट ढुङ्गाहरु उछि्ट्टिएका छन्। ठूलो आवाजसहित विस्फोट भएपनि मतदान भने रोकिएको छैन। मतदाता त्रसित भइ तितरवितर भएकाे मतदानस्थलबाट माधव खतिवडाले जानकारी दिएका छन्।

प्रतिक्रिया