नुवाकोट मोटरसाईकल चोर बढ्दै, दुई मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गराइयो

विदुर खबर २०७६ मंसिर १३ गते २१:४०

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरी भएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गर्न थालेको छ ।

Advertisement

बिदुर नगरपालिका वडा नं. ५ तादी पुलका प्रकाश तामाङको बा. ७२ प ५५२४ नं. र वडा नं. ६ ईनारपाटीका सूर्य तामाङको बा.६५प ८८५९ नं. को पल्सर मोटरसाईकल चोरहरुले लैजान बेबारिसे अबस्थामा भेट्टाएर सम्बन्धित धनीलाई बुझाएके प्रहरीले जनाएको छ ।

चोरी भएको मोटरसाइकल मध्ये एकवटा बेलकोटगढी नगरपालिकाको वडा नं. १० को बिर्तामोडमा सडक छेउमा बेबारिसे छाडेको र अर्को तादीपुलमा छाडेको अबस्थामा प्रहरीले बरामद गरेर धनीलाई आज बुझाएको जिल्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी  दिए ।

Advertisement

प्रतिक्रिया